काठमाडौं । ४ लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ । यसरी साधारणसभा हुनेमा स्वरोजगार लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त र समता घरेलु लघुवित्त रहेका छन् ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा होटल नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे बस्दैछ। सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा डार्सिज इन्टरनेशनल होटल, बुटवल रुपन्देहीमा बिहान ११ बजे बस्दैछ । सो सभाले आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनश शेयर र १.०५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्ने भएको हो । सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४.२८५७ प्रतिशत बोनश शेयर र ०.७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्दैछ । सभाले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।



