काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिनका लागि अवरुद्ध हुने भएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।
बैंकले कार्ड सेवाको स्विच अपग्रेशनरमाइग्रेशन गनुएपर्ने भएकोले आज राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएमरपीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने जानकारी दिएको छ।एटिएम कार्ड बाहेक अन्य सेवा भने सुचारु हुने बैंकले जनाएको छ।
सेवा अवरुद्ध भएको समयमा अत्यावश्यक कारोबार गर्न परेमा बैंकको सेवा केन्द्रमा सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ ।
