images
images

रानीपोखरी सबैका लागि बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला


  • 407
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    रानीपोखरी सबैका लागि बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो ।

    नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार अहिले बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको छ । कुनै अवरोध नआए ३ सय ६५ दिन नै पोखरी सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ ।
     
    उहाँले भन्नुभयो, “पोखरीमा सर्वसाधारणको आवतजावत बढेपछि पोखरीलाई छिटो सरसफाइ गरी सौन्र्दय कायम राखिने छ, यो काठमाडौँको सान हो ।” २०७२ सालको गोरखा भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माणका लागि शिलान्यास पनि सोही वर्ष माघ २ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो ।
     
    पुनःनिर्माण कार्य सकी २०७७ साल कात्तिक ५ मा नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो । हस्तान्तरणपछि सबैका लागि खुला गर्न  कामपाले पटक–पटक प्रयास गरेको जनाएको थियो । भूकम्पका कारण पोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पनि क्षति भएको थियो । 

    यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट ९शिखर० शैलीमा पुनःनिर्माण सम्पन्न गरिएको हो । शिलान्यास भएको करिब पाँच वर्षपछि मात्र रानीपोखरी पुनःनिर्माणको काम सम्पन्न भएको छ ।
     
    प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रको नाममा यो पोखरी बनाएका हुन् । 

    पोखरीमा १ सय ८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।


    images
    images

    Logo