काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ९९ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई विहीबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ९ जना, लेन अनुशासन पालना नगर्ने ७७ जना, रेड लाइडमा सवारी साधन चलाउने ७६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना, लिडारगन ८५ चालक रहेका छन् । यस्तै २ हजार ७ सय ७९ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।