images
images

वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन 


  • 476
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन 

    काठमाडाैं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय निमोनियाबाट ग्रस्त ताम्राकारको बिहीबार राति ९ः५० बजे न्यूरो अस्पतालमा निधन भएको हो । 

    रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिए । 

    २०१८ सालमा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेका थिए । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिए । 

    ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिए । 


    images
    images

    Logo