images
images

वाग्मती मन्त्रिपरिषद् : महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप


  • 756
    SHARES
  • २०७८ बैशाख १५ गते बुधबार

    वाग्मती मन्त्रिपरिषद् : महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप

    काठमाडों । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले नेकपा एमालेका प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्  

    नवनियुक्त मन्त्रीले केहीबेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिए । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका  शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

    नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।  यसैगरी राज्यमन्त्री डा‍. रामकुमार अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हालेका छन् । 


    images
    images

    Logo