काठमाडौं । शुक्रबार सुनको मूल्य बढेर रेकर्डस्तर नजिकै पुगेको छ। सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको हालसम्मको उच्च मूल्य १ लाख १० हजार रुपैयाँ हो।
विहीबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कायम भएको छ । विहीबार पनि सुनको मूल्य १२ सय रुपैयाँले बढेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कायम भएको छ ।