images
images

जीवन विकास लघुवित्तले गर्याे दोस्रो पटक लाभांश संशोधन, नगद र बोनश दुबै घट्यो


  • 493
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    जीवन विकास लघुवित्तले गर्याे दोस्रो पटक लाभांश संशोधन, नगद र बोनश दुबै घट्यो

    काठमाडौं । जीवन विकास लघुवित्तको लाभांश दोस्रो पटक संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले लाभांश संशोधन गरेको हो । यस अघि पनि कम्पनीले लाभांश संशोधन गरेको थियो ।  

    कम्पनीले यस अघि गत वर्षको नाफाबाट चुक्त पुँजीको २६ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ७.१५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 

    अब कम्पनीले चुक्ता पूँजीको १४.२९ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

    साथै, लघुवित्तले चैत ३० गते कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, अन्य उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा राखेको छ । 

    सो सभा प्रयोजनका लागि लघुुवित्तले चैत १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।  


    images
    images

    Logo