images
images

सानिमा बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?


  • 412
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    सानिमा बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा, कति पर्छ मूल्य ?

    काठमाडौं । सानिमा बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख १० हजार कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो । 

    उक्त शेयरको मूल्य न्युनतम १ सय ४५ रुपैयाँ मूल्य तोकिएको र उक्त शेयरमा आवेदन दिँदा न्युनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल  काठमाडौंमा आइपुग्नेगरी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

    तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।


    images
    images

    Logo