काठमाडौं । आरम्भ चौतारी लघुवित्तले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले चैत ३० गते बनेपा पार्टी भेन्यु, काभ्रेपलाञ्चोकमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीले अन्य कुनै लघुवित्त सगँ मर्जरमा जाने देखिएमा सम्बन्धित आवश्यक सम्पुर्ण कार्य सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरिक्षकको नियुक्ती गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतका एजेण्डा राखेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।