काठमाडौं । उन्नती सहकार्य लघुवित्तले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले चैत ३० गते एशियन बुद्ध होटेल रुपन्देहीमा बिहान ८ बजे बस्नेगरी सभा बोलाएको छ । कम्पनीले भविष्यमा कुनै वित्तयि संस्थासँग मर्जरमा जाने देखिएमा सम्बन्धित आवश्यक सम्पुर्ण कार्य सञ्चालक समितिलाई प्रलान गर्ने, लेखापरिक्षकको नियुक्ती गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतका एजेण्डा राखेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।