images
images

वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भष्ट्राचार मुद्दा दायर 


  • 227
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भष्ट्राचार मुद्दा दायर 

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले पाण्डेविरुद्ध ३० हजार घुस लिएको आरोपमा मुद्धा दायर गरेको हो । 

    अख्तियारका प्रवक्ता भोला दाहालले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्ने बहानामा सेवाग्राहीसँग ३० हजार घुस लिएको पाइएकाले पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए । 

    पाण्डेलाई ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

     


    images
    images

    Logo