images
images

नेपाल एकदिवसीय क्रिकेट वरीयताको १५ औं स्थानमा उक्लियो, पहिलोमा को ?


  • 328
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    नेपाल एकदिवसीय क्रिकेट वरीयताको १५ औं स्थानमा उक्लियो, पहिलोमा को ?

    काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले १ स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको हो ।

    पछिल्लो बरियता अनुसार नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ । लिग टूका पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल यी खेल जित्नुअघि १९ औं स्थानमा थियो ।

    नेपाल १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको हो । लिग टू खेलका अन्य मुलुक मध्ये ओमान १६ औं, नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् ।

    नेपाल भन्दा अघि नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् । भारत वरीयताको पहिलो स्थानमा छ भने अष्ट्रेलिया दोश्रो तथा न्युजिल्याण्ड तेश्रो स्थानमा रहेका छन् ।


    images
    images

    Logo