images
images

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने ५ जना पक्राउ 


  • 276
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    तिब्बतीलाई नेपाली नागरिकता बनाइदिने ५ जना पक्राउ 

    काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने ५ जनालाई प्रहरीले पक्राउ परेको छ ।  गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका ५ जनालाई पक्राउ गरेको हो ।

    यसरी पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् । यस भन्दा पहिला यो समूहले १० जना तिब्बतीलाई नेपाली नागरिकता दिलाइसकेको प्रहरीले जनाएको छ । 

    कार्यालयको विशेष अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा गत चैत ५ गते दिउँसो बबरमहलबाट उनीहरूलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरू, सवारी चालक अनुमति पत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध विच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरूको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैर नेपालीले प्राप्त गरेको सक्कलै नागरिकतासहित पक्राउ गरेको थियो । 

    कटवालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रुपमा उपस्थित गराएको पाइएको छ । उक्त गिरोहले तिबब्बी शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।


    images
    images

    Logo