images
images

अफगानिस्तानमा शक्तिशाली भुकम्प,नेपाल, भारत, पाकिस्तान सम्म धक्का 


  • 291
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    अफगानिस्तानमा शक्तिशाली भुकम्प,नेपाल, भारत, पाकिस्तान सम्म धक्का 

    काठमाडौं । अफगानिस्तानमा मंगलबार राति ६. म्याग्निच्युडको भुकम्प गएको छ। राति पौने ११ बजे गएको

    भुकम्पको धक्का पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको कालफगानबाट ९० किलोमिटर टाढा रहेको जनाइएको छ । भुइँचालोबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन।

    पाकिस्तानको मौसम विज्ञान विभागले पाकिस्तान र भारतसम्म भुकम्पको धक्का महसुस गरिएको जनाएको छ ।  सो भुकम्पको धक्का नेपालकाका केही भागमा समेत महसुस गरिएको छ ।

    भारतीय सञ्चारमाध्यमले भारतको राजधानी दिल्ली, पन्जाब, हिमाचल, काश्मिरसहित विभिन्न सहरमा धक्का महसुस गरिएको बताएका छन् । अमेरिकी भूगर्भ विभागले पाकिस्तान र ताजिकिस्तानको सीमा नजिक पर्ने जुर्ममा भने ६।५ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।


    images
    images

    Logo