images
images

माओवादी नेता ईन्द्र आङ्बो चढेको गाडीमा ढुङ्गा प्रहार 


  • 411
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    माओवादी नेता ईन्द्र आङ्बो चढेको गाडीमा ढुङ्गा प्रहार 

    काठमाडौं ।  नेकपा माओवादी  केन्द्र  कोशी  प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुंगा प्रहार भएको हो । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ । 

    सदरमुकाम फुङलिङदेखि ८ किलोमिटर तल ५ सय मिटर टाढा लुकेर ढुंगा हानेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका समूहहरु आन्दोलनमा छन् । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो । 


    images
    images

    Logo