images
images

फागुनमा ६४ लाख आर्थिक सहायता, सांसद भण्डारीको करिव ५६ लाख उपचारमा खर्च


  • 237
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    फागुनमा ६४ लाख आर्थिक सहायता, सांसद भण्डारीको करिव ५६ लाख उपचारमा खर्च

    काठमाडौं । सरकारले फागुन महिनामा ६४ लाखको आर्थिक सहायता गरेको छ ।अर्थमन्त्रालयका अनुसार चालु आर्थिक बर्षको यो अवधिमा मन्त्रिपरिषद्को निर्णयबमोजिम कुल  ६४ लाख ८८ करोड १ सय ६४ रुपैयाँ आर्थिक सहयोग गरिएको हो । 

    मन्त्रालयका अनुसार सवैभन्दा धेरै सहयोग लिनेमा सांसद चन्द्रकान्त भण्डारी रहेका छन् । मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा भएको मन्त्रिपरिषद्को बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको छ । यस्तो रकम ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

    भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी घाइते भएका थिए । उनको नेपालमा उपचार सम्भव नभएपछि अहिले भारतमा उपचार जारी छ ।

    सरकारले भण्डारी सहित ४ जनालाई आर्थिक सहायता गरेको छ । सहायता रकम पाउनेमा भण्डारीबाहेक लमजुङका रामबाबु अधिकारी ३ लाख, सिराहाका विश्वेन्द्र पासवान ३ लाख र कालिकोटका संग्रामे सार्की ३ लाख रहेका छन् ।

    1679307734_विवरण प्रकाशन २०७९ फागुन (1)_page-0001.jpg

     

     

     

     

     

     


    images
    images

    Logo