काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
सोमवार १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।