काठमाडडौं । आइएमई जनरल इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले चैत २२ गते लैनचौर वैंक्वेट काठमाडौंका बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो कम्पनीले प्रुडेन्सियल इन्स्योरेन्ससँग मर्जरका लागि १ः१ को अनुपातमा स्वाप रेसियोलाई अन्तिम स्वीकृति दिने, मर्जरका लागि सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने, लेखा परिक्षक नियुक्ती गर्ने लगायतका एजेण्डा राखेको छ ।
विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोे छ ।