काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली सार्वजनिक विदाको दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।
घोडेजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा रहेतापनि नगद कारोबार, आरटीजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा सूचारु राख्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ ।
सरकारले चैत्र ७ गते मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
