काठमाडौं । नेपालको आन्तरिक उडानमा नयाँ एयरलाइन्स कम्पनी थपिएको छ। नेपालको दुर्गम क्षेत्रमा उडान गर्नको लागि शिवम एयरलाइन्सले उद्योग विभागमा मात्रै दर्ता गराएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शिवम् एयरलाइन्सलाई उडानका लागि अनुमति दिइसकेको छ । अब सो एयरलाइन्सलाई क्यानबाट एनओसी पाउन मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।
उक्त एयरलाइन्सले नेपालका पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने भएको छ । सो एयरलाइन्सका सञ्चालक दिनेश आचार्य रहेका छन् ।
नेपालको आन्तरिक उडानमा शिवम एयरलाइन्स थपिएसँगै अब नेपाली आकाशमा उड्ने एयरलाइन्सको संख्या १० पुगेको छ । जसमा बुद्ध एयर, गुण एयरलाइन्स, नेपाल एयरलाइन्स कर्पोरेशन, श्री एयरलाइन्स, सिता एयरलाइन्स, समिट एयरलाइन्स, शौर्य एयरलाइन्स, तारा एयरलाइन्स र यति एयरलाइन्स गरि ९ वटा रहेका छन् । अब शिवम एयरलाइन्स थपिएपछि सो संख्या १० पुग्नेछ ।



