काठमाडौं । पुष्पकमल दहाल (प्रचण्ड)ले विश्वासको मत पाएका छन् । संसदमा आफूलाई समर्थन छ वा छैन भन्ने थाहा पाउन राखिएको प्रस्तावमा उनले १७२ मत प्राप्त गरेका हुन् ।
उपस्थित २६२ जना मध्ये ७९ जनाले विपक्षमा मत दिए भने १ जनाले मत दिएनन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उनलाई विश्वासको मत दिए ।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो ।