images
images

प्रधानमन्त्रीलाई एमालेको प्रश्न : पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालकोट जानुभयो ?


  • 271
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    प्रधानमन्त्रीलाई एमालेको प्रश्न : पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालकोट जानुभयो ?

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गरेका छन् ।नेकपा एमालेका उपाध्यक्ष विष्णप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गरेका हुन् । उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाउएका छन् । उनले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो ? भन्दै प्रश्न गरेका छन् । 

    उनले प्रधानमन्त्री बनेको महिना दिन नबित्दै एमालेसँगको सहकार्य टुंग्याउनको कारण इतिहासले सोधिरहने बताए। उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण प्रधानमन्त्रीले देखाएका गतिविधिले फिर्ता लिनुपरेको स्पष्ट पारे ।

    उनले भने, ‘प्रधानमन्त्रीज्युले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो । फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो । यसमा के कारण थियो ? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ ।’ 

    उपाध्यक्ष पौडेलले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।


    images
    images

    Logo