काठमाडौं । किसान लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले लघुवित्तको साधारणभा चैत २८ गते र्याकेट इभेन्ट, सुन्दरबस्ती, बुढानीलकण्ठमा बस्नेगरि सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले चैत २० क्लोज गर्ने निर्णय गरेको छ ।
जस अनुसार चैत १९ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै सो कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र उक्त सभामा सहभागी हुन सक्नेछन् । सो लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३६४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।