काठमाडौं । विजय लघुवित्तले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले चैत २८ गते विजय विकास केन्द्र गैडाकोटमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ । कम्पनीले २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।