काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमवार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आइतवार १ लाख १० हजारमा हालसम्मकै उच्च मूल्य कायम भएको सुन आज प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।