काठमाडौं । कालिका लघुवित्तले साधारणसभा बोलाएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघसवित्तले चैत २९ गते होटेल टास्क इन्टरनेशनल प्रालीको सभाहल पोखरामा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ । कम्पनीले १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै संस्थापक शेयरधनीहरूबाट सञ्चालकको निर्वाचन गर्ने, साधारण शेयरधनीहरुका लागि शेयर संरचना अनुपात (५४.५२ः४५.४८) प्रस्ताव पारित गर्ने लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने निर्णग गरेको छ ।