images
images

कोशी नामकरणविरुद्धको प्रदर्शनमा ४ जना पक्राउ


  • 290
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    कोशी नामकरणविरुद्धको प्रदर्शनमा  ४ जना  पक्राउ

    काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा प्रदशन गर्ने ४ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन : नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि ४ जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले भिड नियन्त्रण गर्नेको लागि एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । 

    प्रदेश नंम्वर १ को प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी नाम राखेको थियो । नामाकरण सगै पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि  जिल्ला प्रशासन कार्यालय मोरङले  विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

     

     

     


    images
    images

    Logo