images
images

बेलायतद्वारा नेपाललाई दिइँदै आएको सुविधामा निरन्तरताको अपेक्षा


  • 188
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    बेलायतद्वारा नेपाललाई दिइँदै आएको सुविधामा निरन्तरताको अपेक्षा

    काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद बीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गरेका छन् । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन् ।

    सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायतको सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखेका उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए । उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए ।

    उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसङ्गमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे ।

    जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, “जलवायु परिवर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ । यसमा बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ ।” उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा चासो राखे ।

    भेटका क्रममा बेलायती सांसद बीरेन्द्र शर्माले व्रिटिश गोर्खाको योगदान र भूमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानता विषयमा आवश्यक आवाज उठाइरहेको बताएका थिए । बेलायतले असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र आगामी तीन  महिनामा यस विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता गरे ।

    उनले अतिकम मुलुकबाट स्तरोन्नति भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराएका थिए।


    images
    images

    Logo