images
images

एकैदिन २५ सय भन्दा बढी सवारी चालक कारवाहीमा 


  • 238
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    एकैदिन २५ सय भन्दा बढी सवारी चालक कारवाहीमा 

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ हजार ५ सय ५५ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई शनिबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय १३ जना, लेन अनुशासन पालना नगर्ने ९ , रेड लाइडमा सवारी साधन चलाउने १ सय १५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३२ र नम्बर प्लेट राम्रोसँग नराख्ने २५ जना, लिडारगन २ सय १४ चालक रहेका छन् ।  यस्तै २ हजार ७१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo