काठमाडौं । सशस्त्र प्रहरी बलका ५० जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो।
सरुवाका लागि सशस्त्रले निर्वाचन आयोगमा अनुमति समेत लिइसकेको थियो। प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको हो ।
अवकाश नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।




