images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय 


  • 219
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय 

    काठमाडौं । नेपाली कांगे्रसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको  कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको हो ।

    प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।सरकारले संविधानको रक्षा, विकास र सम्मृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको छ । 

    यसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ । कांग्रेस सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो ।

     

     

     

     


    images
    images

    Logo