images
images

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 423
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    हालसम्मकै उच्च मूल्यमा पुग्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आइतवार छापावाला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको छ । 

    शुक्रवार प्रतितोला १ लाख ७ हजार १ सय रुपेयाँमा कारोबार भएको सुन आज २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि गएको माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो । 

    त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo