images
images

मेघगर्जन र चट्याङसहित वर्षा


  • 392
    SHARES
  • २०७९ चैत्र ५ गते आइतबार

    मेघगर्जन र चट्याङसहित वर्षा

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । जसका कारण हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू-भागहरुमा  मेघ गर्जनरचट्याङ सहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी  भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    त्यस्तै, रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  


    images
    images

    Logo