images
images

सामाजिक सुरक्षा कोषद्वारा पौने ४ अर्ब दाबी भुक्तानी


  • 259
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    सामाजिक सुरक्षा कोषद्वारा पौने ४ अर्ब दाबी भुक्तानी

    काठमाडौं । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो । 

    कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ । 

    कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत ५ करोड ४५ लाख १७ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख ६३ हजार रुपैयाँ र वृद्धावस्था सुरक्षा योजनाबापत ३ अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले ६८ हजार ३६ योगदानकर्तालाई १ लाख ६ हजार ४ सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ । 

    कोषमा हालसम्म ३ लाख ९९ हजार १ सय ९२ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७० हजार २९, कोसीबाट ३८ हजार ८ सय ६८, मधेसबाट २१ हजार २ सय ४१, गण्डकीबाट १५ हजार २ सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट १ हजार ५ सय २६ र कर्णालीबाट १ हजार २ सय २५ श्रमिक कोषमा आबद्ध भएका छन् । 

    कोषमा १७ हजार ७ सय ३४ रोजगारदाता सूचीकृत छन् । हालसम्म ३० अर्ब ७९ करोड रुपैयाँ योगदान रकम सङ्कलन भइसकेको छ । 

     


    images
    images

    Logo