काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै भोलि आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।