काठमाडौं । दुई लघुवित्तको वार्षिक साधारण सभा आज हुँदैछ । यसरी साधारणसभा हुनेमा युनिक नेपाल लघुवित्त र सर्पोट लघुवित्त वित्तीय संस्था रहेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा होटल सेन्ट्रल प्लाजा, कोहलपुर नगरपालिका वडा नं. ४ बाँकेमा बिहान १० बजे बस्दैछ।
सो सभाले अन्य कुनै लुघवित्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर वा प्राप्ति सम्बन्धि उपयुक्त प्रस्ताव आएमा सो कार्यको लागि उपयुक्त लघुवित्तको पहिचान गर्न सहमतिपत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्दान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन वा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखिनेछ ।
यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।सो सभा प्रयोजनका लागि युनिक नेपाल लघुवित्त ले फागुन २२ गते बुक क्लोज गरेको थियो ।
त्यस्तै, सपोर्ट लघुवित्तले वार्षिक साधारण सभा दुर्गा पार्टी प्यालेस, इटहरी–४, सनुसरीमा बिहान साढे ९ बजे बस्दैछ। सो सभाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७५ नगद लाभांश गरी कुल ११.५७५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि सपोर्ट लघुवित्तलले फागुन २१ गते बुक क्लोज गरेको थियो ।



