images
images

बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही १ लाख दिने


  • 255
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही १ लाख दिने

    काठमाडौं । बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही १ लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

    क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उनले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उँचो भएको बताए ।

    युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ । यसअघि सङ्घीय सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रति खेलाडी ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् । 


    images
    images

    Logo