images
images

विकास बैंकको संघ 'डीबान' मा नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुयोग श्रेष्ठ


  • 197
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    विकास बैंकको संघ 'डीबान' मा नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुयोग श्रेष्ठ

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को अध्यक्षमा निर्वाचित भएका छन्। एशोसियसनको आज २०७९ चैत ३ गते शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका हुन् । 

    त्यस्तै डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देबकोटा, सचिवमा सिन्धु विकास बैंकका सीईओ राम कुमार गिरि र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा निर्वाचित भएका छन्। 

    DBAN.jpg

    त्यस्तै सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकक सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सीईओ इन्द्र कट्टेल निर्वाचित भएका छन्। आफुलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेकोमा सबैलाई धन्यबाद व्यक्ति गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाएका छन्। 

    आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् । ९० वटा बिकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गर्नुपर्छ श्रेष्ठले भने।  

     

     

     


    images
    images

    Logo