images
images

विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति कपिलवस्तुमा बन्ने


  • 236
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति कपिलवस्तुमा बन्ने

    कपिलवस्तु । कपिलवस्तुमा विश्वमै सबैभन्दा ठूलोज् गौतम बुद्धको मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । 

    गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए । 

    समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका छन् । 

    प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माण हुने भएपछि आफूलाई खुसी लागेको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताए । विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको उनले बताए ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तुको विकासमा मूर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।


    images
    images

    Logo