images
images

तीलक कोइरालासहित ३ जना शेयर लगानीकर्ता प्रहरीकाे नियन्त्रण


  • 469
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    तीलक कोइरालासहित ३ जना शेयर लगानीकर्ता प्रहरीकाे नियन्त्रण

    काठमाडौं । पूँजी बजारको सुधारको माग राख्दै नेपाल स्टक एक्सचेन्ज घेराउ गर्न पुगेका लगानीकर्ता तिलक कोइराला सहितका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुँजीबजार सुधारसम्बन्धी ५८ बुँदे सुझाव प्रतिवेदनको माग राख्दै शुक्रबार नेप्से पुगेका शेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका ३ जना लगानीकर्तालाई नियन्त्रणमा लिएको हो । 

    सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोला रहेका छन्। पक्राउ परेका तीनै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । तिलक कोइरालाले सामाजिक सञ्चालमार्फत नेप्से कार्यालय घेर्न उपस्थित हुन आह्वान गर्दै आएका थिए । 

     उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ । सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरको भन्दै नेप्से घेर्न पुगेका थिए । 

     


    images
    images

    Logo