काठमाडौं । हकप्रद निष्काशनको लागि अुनमति माग्दै मल्टीपर्पस फाइनान्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले चुक्त पुँजीको १ः०.३५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।