images
images

नेपाल टेलिकमले ल्यायाे नयाँ अफर, यस्ता छन् सुविधा


  • 239
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    नेपाल टेलिकमले ल्यायाे नयाँ अफर, यस्ता छन् सुविधा

    काठमाडौं । नेपाल टेलिकमको नयाँ अफर ल्याएको छ । नेपाल टेलिकमले आज (२०७९ चैत ३) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको हो ।  

    नेपाल टेलिकमको पोस्टपेड मोवाइ प्रयोगकर्ताले यो अफर उपलव्ध हुने कम्पनीले जनाएको छ ।  ६ सय ३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।

    त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ । 

    सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2#  डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । 

     


    images
    images

    Logo