images
images

कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्रीको निर्देशन


  • 257
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने बताएका हुन् । 

    उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नपनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए। प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए। 

    उनले भने, ‘तपाईहरुले खेल्नुभएको यो खेलमा तपाईहरु सबै धन्यवादको पात्र बन्नुभएको छ । सम्पूर्ण विजेता खेलाडीहरुलाई सरकारको तर्फबट ३÷३ लाख दिने घोषणा गर्दछु । कीर्तिपुरमा जाँदा मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु । 

    त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ । सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ । देशका विभिन्न ठाउँमा, अझ चितवनमा । त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढीरहेका छौँ ।’

    प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको बताए । - न्युन एजेन्सी नेपाल 

     


    images
    images

    Logo