images
images

निरन्तर उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 296
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    निरन्तर उकालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

    बिहीवार प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo