images
images

काठमाडौं महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत


  • 266
    SHARES
  • २०७९ चैत्र ३ गते शुक्रबार

    काठमाडौं महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा ४ अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ ।

    महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् रु ९० लाखभन्दा धेरै राजस्व उठाएको छ । महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ । 

    महानगरले २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा १ अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा  एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ६५ करोड उठाएको छ । 

    यसैगरी नक्सापास दस्तुरबाट ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।


    images
    images

    Logo