images
images

एनआईसी एसिया बैंकका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न माग


  • 332
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    एनआईसी एसिया बैंकका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न माग

    काठमाडौं । एनआईसी एसिया बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । चैत २ गते गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि कुटपिट भएको हो ।

    बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने
    जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु प्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गंभिर ध्यानाकर्षण गराएको छ । 

    साथै, बैंकिब जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष सीबीफीनले माग गरेको छ । 

    बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको सीबीफीनले जनाएको छ । 


    images
    images

    Logo