images
images

‘आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना’


  • 263
    SHARES
  • २०७९ चैत्र २ गते बिहीबार

    ‘आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना’

    तेगुसिगल्पा । देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् ।  

    विदेशमन्त्री एडुआर्डो रेनाले देशको आर्थिक आवश्यकता तथा ताइवानले आर्थिक सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताएका हुन् । 

    बेइजिङसँग सम्बन्ध जोड्ने निर्णयसँगै मध्यअमेरिकी राष्ट्र होन्डुरसले ताइवानसँगको ८० वर्षभन्दा लामो समयदेखिको कूटनीतिक सम्बन्ध तोड्ने छ । 

    विदेशमन्त्री रेनाले ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको बताए ।


    images
    images

    Logo