काठमाडौं । कोशी प्रदेश सरकारले संघीय सरकारले दिने बाहेक थप ६ दिन विदा दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले ६ वटा अतिरिक्त बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारहरुलाई संघीय सरकारले दिएको विदा बाहेक वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउने अधिकार रहेको छ । जसअनुसार बुधवार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेशले साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा, असोज २ गते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिने भएको छ ।
त्यस्तै, कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन, मंसिर ४ गते छठ पर्वको समापनको दिन र इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरुलाई पनि एक दिन बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ ।