काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले आज एक सुचना जारी गर्दै २ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ८६ हजार ३ सय ३३ कित्ता शेयर विक्री गर्ने लागेको हो ।
बैंकले सन्जीब भक्त श्रेष्ठको नाममा रहेको १५ हजार ६८ कित्ता र शौरभ कष्णा मल्लको नाममा रहेको ७१ हजार २ सय ६५ कित्ता सस्थापक शेयर विक्री गर्ने भएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।